याेग दिवसमा प्रधानमन्त्री ओलीकाे ट्वीट, भारतीय प्रधानमन्त्री माेदीकाे नेपालीमा रिट्विट

 असार ६, २०७६ शुक्रबार १८:४१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले याेग दिवसका अवसरमा गरेको ट्वीटलाई मेन्सन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा रिट्विट गर्नुभएकाे छ ।

विश्व योग दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई शुभकामना दिँदै गरेकाे ट्वीटकाे ब्यहाेरा यस्ताे थियाे: 

‘विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना ।’

 

 

यही ट्वीटलाई मेन्सन गर्दै भारतीय प्रधानमन्त्री माेदीले रिट्व‍िट गर्नुभएकाे हाे जसकाे ब्यहाेरा यस्ताे थियाे:

‘योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।’

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया