साझाले थप्दै २० ओटा नयाँ बस

 असार ९, २०७६ सोमबार ७:४९:२० | रासस
unn.prixa.net

काठमाण्डाै - साझा यातायात सहकारी संस्थाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा थप २० ‌ओटा बस सञ्चालन गर्ने भएको छ । राष्ट्रिय सभागृहमा बसको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।  

यही असार १६ गते अहिले भित्रिएका नयाँ बस सञ्चालनको शुभारम्भ कार्यक्रमपछि लगत्तै सञ्चालनमा आउने संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उहाँका अनुसार बसकाे रुट परमिट लिइसकेकाले चाँडै सञ्चालनमा आउनेछन् । बसले काठमाडौँका विभिन्न स्थान हुँदै भक्तपुर र ललितपुर परिक्रमा गर्ने अनुमति पाएको उहाँले बताउनुभयो । 

नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्मको एउटा मार्ग र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्मको अर्काे मार्ग तय भएको उहाँले बताउनुभयो ।  

विसं २०१६ मा स्थापित याे संस्थाको लामो समयसम्म सेवा अवरुद्ध भएपछि विसं २०७० मा सेवा पुनः सुरु भएको थियो । अहिले साझाका ७१ बस नियमित सञ्चालनमा छन् ।

यीमध्ये एउटा लो फ्लोर बस (अपाङ्गता र ज्येष्ठ नागरिक लक्षित बस) र चार वटा उपत्यका बाहिर चल्ने सुविधासम्पन्न (डिलक्स) बस छन् भने बाँकी शहरी बस रहेका संस्थाले जनाएको छ । 

केही महीनापहिले कार्डमार्फत भाडा तिर्ने प्रविधि (इटिकेटिङ) सुरु गरेको साझाले तीन तहका सरकारसँगको सहकार्यमा विद्युतीय बस सञ्चालनको योजना बनाएको छ ।  

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया