भारतीय कांग्रेसको नेतृत्व गान्धी परिवारभन्दा बाहिरबाट आउन सक्ने

 असार ९, २०७६ सोमबार २०:१४:३७ | रासस
unn.prixa.net

भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा गान्धी परिवारभन्दा बाहिरबाट आउन सक्ने एक नेताले बताउनुभएको छ । 

भारतमा गएकाे महिना सम्पन्न भएको चुनावमा पार्टीले पराजय भोगेपछि पार्टी अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा घोषणा गरेकाले गान्धी परिवारभन्दा बाहिरबाट पनि नेतृत्व हुनसक्ने चर्चा भएको हो ।  

कांग्रेसका एक जना प्रभावशाली नेता प एल पुनियाले गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व हुने सम्भावना रहेको बताउनुभएको समाचारमा जनाइएको छ । उहाँले भन्नुभयो, 'देशको उज्ज्वल भविश्यका लागि गान्धी परिवारले त्याग गर्न र लचकता देखाउन सक्छ ।' 

कांग्रेसका छत्तीसगढ प्रदेश प्रमुखसमेत रहेका पुनियाले पार्टीको नेतृत्व कसले गर्ने भन्ने निर्णय वर्तमान अध्यक्ष राहुल गान्धीको हातमा रहेको उल्लेख गर्नुभयो । 

गान्धीले चाहेमा उहाँले नै गर्ने र उहाँले नचाहेमा गान्धी परिवारभन्दा बाहिरका नेताबाट पार्टीले नेतृत्व पाउने पुनियाले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया