ललितपुर महानगरले कुपण्डोलदेखि मंगलबजारसम्म साइकल लेन बनाउने

 असार १०, २०७६ मंगलबार १२:१३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुर महानगरपालिका आफैँले कुपण्डोलदेखि मंगलबजारसम्म साइकल लेन बनाउने भएको छ । ललितपुर महानगरले कुपण्डोल–जावलाखेल–लगनखेल– मंगलबजार–पुल्चोक रुटमा साइकल लेन बनाउने  योजनासहित टेण्डर आह्वान गरेको छ ।

महानगरका अनुसार साइकल लेन बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो रकमले कुपण्डोलदेखि लगनखेल हुँदै मंगलबजारसम्म साइकल लेन बनाउने महानगरेको योजना रहेको छ । सडक विस्तार नगरी अहिले भएकै सडकको छेउमा १.२ मिटर क्षेत्रमा साइकल लेनका रुपमा रेखांकन गरिने नगरपालिकाले जनाएको छ ।

यसबाट साइकल यात्रीको सुरक्षाकासाथै वातावरण पनि स्वच्छ हुने महानगरको विश्वास छ । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया