महोत्तरीको बर्दिबासका पाँच वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिं...
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । उर्जा मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको छ ।
भेटमा मन्त्री पुनले सरकारले ऊर्जा क्षेत्रको विकास र बजार विस्तारका लागि पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि पहल गरिदिन आग्रह गर्नुभयो । उहाँले सरकारले जलविद्युतका लागि भारत र बंगलादेशमा बजारका लागि पहल जारी राखेको जानकारीसमेत दिनुभयो ।
‘नेपालमा जलविद्युत क्षेत्रमा नयाँ सम्भावना छ, लगानी र वजार विस्तारका लागि हामी पहल गरिरहेका छौँ, भारत र बंगलादेशसँग समेत यसबारेमा छलफल भइरहेको छ । यसमा चिनियाँ लगानीकर्ताको सकारात्मक सहयोग आवश्यक छ’, मन्त्री पुनले भन्नुभयो ।
चिनियाँ लगानीकर्ता र निर्माणकम्पनीहरुले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडिको कारणबारे पनि जिज्ञासा राख्नुभएको थियो । जवाफमा राजदूत यान्छीले चिनियाँ कम्पनीले भोगेका समस्याहरुको बारेमा जानकारी दिँदै त्यसबारेमा आफूले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताउनुभयो ।
मन्त्री पुनले राजदूतसँगको भेटमा भन्नुभयो, ‘चीन र अन्य विश्वमा राम्रो काम गरिहेका छन्, यहाँ किन गर्न सकिरहेका छैनन्, समस्या के हो जस्का कारण काममा ढिलाइ भइरहेको छ, हामी पनि यसमा छलफल गरिरहेका छौँ, हाम्रो कारणले हो भने हामी हाम्रो प्रणाली सुधार गर्छौँ ।’
जवाफमा राजदूत यान्छीले चिनियाँ कम्पनीले निर्माण गरिरहेका परियोजनामा भिसाको समस्या, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहण, लगायतका समस्या भोगिरहेकोले समस्या समाधान गरिदिन आग्रह गर्नुभयो ।
उहाँले चिनियाँ कम्पनीले निर्माण गरिरहेको त्रिशूली ३ ए जलविद्युत आयोजना र कुलेखानी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिँदै आयोजना सम्पन्न गर्नका लागि समन्वय गरिदिन आग्रह गर्नुभयो ।
मन्त्री पुनले दूधकोशी जलविद्युत आयोनामा हाल विश्व बैंकले ५ सय मिलियन लगानी गरिरहेको भन्दै त्यस आयोजाना सम्पन्न गर्नका लागि थप २ खर्ब अपुग भएकोले चिनियाँ सहयोगका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।
भेटमा चिनियाँ राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्नका लागि चीनले पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले नेपालको जलविद्युत क्षेत्रमा १४ वटा चिनियाँ कम्पनीले काम गरिरहेको र २४ वटा आयोजना रहेको जानकारीसमेत दिनुभयो ।
राजदूत यान्छीले भन्नुभयो, ‘चीन नेपालको साँच्चै मित्र हो, नेपालले विकास गरेको चीन हेर्न चाहन्छ । त्यसैले नेपालमा चीनले निर्माण गरिरहेका जलविद्युत आयोजना समयमै सम्पन्न गर्नको लागि पहल गरिरहेको छ ।’
मन्त्री पुन र राजदूत यान्छीबीचको भेटमा जलविद्युत क्षेत्रको लगानी र दुवै देशको बीचमा गर्न सकिने सहकार्यको बारेमा छलफल भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Kamal
June 25, 2019, 4:06 p.m.हाम्रो मुलुकलाई गफ दिने र सुन्ने बानी परेको छ / धन्न ढिला भएपनि काम गर्यो , नत्र त अरु जस्तै मनको लडडु घिउमा खुवाउनेहरु छन् यहाँ / .