ट्राफिक व्यवस्थापन नागरिककै लागि हाे, सहयाेग गर्नुस्: महानिरीक्षक खनाल

 असार १३, २०७६ शुक्रबार २०:३५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाण्डौको ट्राफिक व्यवस्थापनका लागि सबैलाई सहयोग गर्न आह्वान गर्नुभएको छ । 

महानिरीक्षक खनालले काठमाण्डौको ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीको लागि नभइ सबै नागरिकका लागि भएकाले त्यसमा सबैको सहयोगको आवश्यकता रहेको पनि स्पष्ट पार्नुभयो ।

शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि पनि सबैको सहयोगको जरुरी रहेको बताउनुभयो । 

त्यस्तै प्रहरी महानिरीक्षक खनालले समय निकालेर यात्रामा निस्कन पनि सवारी चालकहरुलाई आग्रह गर्नुभयो । समयमा ननिस्कने अनि गन्तव्यमा ढिला पुगे ट्राफिक जामलाई दोष दिने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने महानिरीक्षक खनालको भनाइ छ ।

प्रहरी महानिरीक्षक खनालले काठमाण्डौलाई सुन्दर शहरको रुपमा परिचित गराउन पनि ट्राफिक व्यवस्थापनको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले काठमाण्डौको ट्राफिक व्यवस्थापनका लागि सामुदायसँगको साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया