अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसन लेख्छन् : कितना अच्छा है मोदी

 असार १४, २०७६ शनिबार ११:२४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व राजनीतिमा विभिन्न माध्यमबाट कुटनीतिक सम्बन्ध स्थापित गरिन्छ ।  विश्वका विभिन्न देशका नेतृत्वबीच कटुता र मित्रतापूर्ण दुवैखाले सम्बन्ध हुन्छ ।

कतिपय नेताहरुले विभिन्न अवसरमा एक–अर्कालाई उपहार दिएर कुटनीतिक सम्बन्ध बलियो बनाउन खोजिरहेका हुन्छन् । कतिले सामाजिक सञ्जालमार्फत जन्मदिन तथा विभिन्न अवसरमा शुभकामना पठाउँछन् । 

हालसालै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी ट्विटरमा सक्रिय भएपछि कतिपयले यसलाई ‘ट्विप्लोमेसी’ को संज्ञा पनि दिए ।

शुक्रबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले ट्विटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खिचेको सेल्फी राखेका छन् । जापानको ओसाकामा भैरहेको जी–२० देशहरुको सम्मेलनका क्रममा मोदीसँगको भेटको तस्बिर राख्दै अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले मोदीलाई ‘असल’ बताएका छन् । 

अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमा तस्बिर राख्दै लेखेका छन्, ‘कितना अच्छा है मोदी !’

शुक्रबारबाट सुरु भएको जी–२० शिखर सम्मेलनमा यस पटक पर्यावरणको मुद्दालाई प्राथमिकता दिइएको छ । सन् २०५० सम्म विश्वका सबै महासागरबाट प्लाष्टिकका फोहोर हटाउने कुरामा यस पटक नेताहरु सहमतिमा पुग्ने आशा गरिएको छ । 

शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जापानका प्रधानमन्त्री शिन्जो आबे, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय तथा त्रिपक्षीय भेटवार्ता गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया