स्क्लेरोडर्मा अर्थात् छालाकाे बाथ के हाे र कसरी बच्ने?

 असार १४, २०७६ शनिबार १४:३२:२ | उज्यालो सहकर्मी

स्क्लेरोडर्मा भनेको छाला कडा हुने एक प्रकारकाे बाथ हो यसलाई छालाको बाथ पनि भनिन्छ । यसका दुई प्रकार छन् : लोकलाइज्ड र डिफ्युज । छालाकाे बाथ भएमा छालासँगै शरीरका भित्री अंङ्गहरु जस्तै फोक्सो, मुटु र खानाको नलीमा पनि असर पार्न सक्छ ।

लक्षणहरु

-छाला (औंंला तथा हात, खुट्टा) सुन्निने र बिस्तारै कडा हुँदै जाने

 -रेनल्डस फेनोमेनन: चिसोमा औंलाको रंङ्ग परिवर्तन भएर सेतो, निलो हुने
 -जोर्नीहरु दुख्ने, सुन्निने, अरट्ठ हुने
 -छाला बाक्लोर कडा हुने कारणले मुठ्ठी पार्न गाह्रो हुने

 -खाना निल्न गाह्रो हुँदै जाने, अमिलो पानी आउने
 -फोक्सोमा जाली पर्नाले दम बढ्ने, सास फेर्न गाह्रो हुने
 -छाती दुख्ने, मुटु ढुकढुक हुने
 -मांशपेशी कमजोर हुँदै जाने

पहिचान कसरी गर्ने?

-रगतकाे जाँच जस्तै- एएनए, ईएनए प्यानल
-छालाको जाँच (बायोप्सी)
-नङको र नशाको जाँच (एनएफसी नेल फोल्ड भिडियो क्यापिल्यारेस्कोपी)
-छातीको जाँच (एक्स-रे सीटी स्कयान)
-मुटुको जाँच (इको)

बिरामीले थाहा पाउनु पर्ने कुरा 

-छालालाई नरम राख्न मोइस्चुराइजर/क्रिमको प्रयोग गर्ने,

-जोर्नीको वरिपरि घाउ हुने सम्भावना भएकाले घाउ हुन नदिने
-चिसोबाट बच्ने
-औंलाहरु र शरीरलाई न्यानो राख्ने
-कडा किसिमको साबुनको प्रयोग नगर्ने, ग्लिसिरिन भएको साबुनको प्रयोग गर्ने, घरको काम गर्दा पञ्जाको प्रयोग गर्ने
-भ्याकुम क्लिनर, मिक्सर ग्राइण्डर जस्ता थर्कने सामानको कम प्रयोग गर्ने
-औंलाका टुप्पामा घाउ आउँदा तुरुन्त उपचार गर्ने
 -नियमित व्यायम गर्ने

खानामा ध्यान दिनु पर्ने कुराहरु

 -चुरोट नखाने
-चिया, कफी, चिल्लो र मसलाहरु कम खाने
-रक्सी नखाने/कम खाने
-खना ठिक्क मात्रामा खाने (पेटभरी नखाने) र खाएको ३ घण्टा सम्म खाटमा नपल्टिने
-वजनलाई ख्याल राख्ने (मोटोपन घटाउने)

उपचार

यस राेगकाे उपचार लक्षण र कुन अंगमा असर भएको छ त्यसै अनुसार फरक फरक हुन्छ । खानपिनमा ध्यान, स्वथ्य जीवनशैली, व्यायामसँगै केही औषधीको सेवन जरुरी हुन्छ । भित्री अंङ्गहरु जस्तै फोक्सो, मुटु, मृगौलामा असर गरेको खण्डमा उपचार जटिल हुन सक्छ, त्यसैले समयमै चिकित्सकको सल्लाह लिनुपर्छ ।

कसलाई बढी हुन्छ ?

-हरेक १ लाखमा ६ जनालाई हुन सक्छ 
-३५ देखि ५० वर्षको उमेरमा सुरु हुन्छ
-महिलामा बढि देखिन्छ (३ देखि ७ गुणा बढी)
-सानो उमेरमा कम देखिन्छ

  जटिलताहरु

-छाला कडा र साह्रो भएर औंलाहरु सुक्दै जाने, 
-जोर्नी चलाउन गाह्रो हुने,
-मुख सानो हुँदै जाने (मुख खोल्न गाह्रो हुने),
-औंलाका टुप्पामा घाउ हुने र मरेर जाने,
-फोक्सोमा जाली पर्ने
-मुटुमा असर पार्ने (पल्मोनरी हाइपरटेन्सन)
-खानाको नलीमा असर पार्ने
-मृगौलामा असर पार्ने (स्क्लेरोडर्मा रेण्ड क्राइसिस )
-छाला र फोक्सोको क्यान्सरको सम्भावना बढ्ने

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया