शाहरुख खानले छोरी सुहानालाई भने– स्कुल सकियो तर धेरै सिक्न बाँकी छ

 असार १४, २०७६ शनिबार १९:४६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडका सुपरस्टार अभिनेता शाहरुख खान र गौरी खानकी छोरी सुहानाले बेलायतको आर्डिङ्ली कलेजबाट स्नातक उत्तीर्ण गरेकी छिन् ।

अभिनेता शाहरुख खानले सामाजिक सञ्जालबाट यो कुराको जानकारी दिएका हुन् । उनले एक तस्बिर शेयर गरेका छन्, जसमा शाहरुखसँगै उनकी पत्नी गौरी खान र छोरी सुहानालाई देख्न सकिन्छ । 

शाहरुखले फोटोको क्याप्सनमा लेखेका छन्, ‘४ वर्ष बित्यो । आर्डिङ्ली कलेजबाट स्नातक पूरा भयो । अन्तिम पिज्जा, रेलको अन्तिम यात्रा र साँचो दुनियाँमा पहिलो कदम । स्कुल सकियो, सिक्न सकिएकाे छैन ।'  

सुहानाले स्नातक मात्र पूरा गरिनन्, नाटकमा योगदान पुर्याए बापत् उनी द रसेल कपबाट पनि सम्मानित भएकी छिन् । शाहरुख सामाजिक सञ्जालमा अर्काे तस्बिर शेयर गर्दै लेखेका छन्, ‘स्कुलको अन्तिम दिन । अब तिम्रो नयाँ जिन्दगीमा नयाँ अनुभव र नयाँ रंग जोड्नु छ ।' 

सुहाना ४ वर्षदेखि बेलायतमा रहँदै आएकी छिन् । तर उनी प्रायजसो भारत आएर आफ्ना साथी अनन्या पाण्डे र शनाया कपूरसँग समय बिताउने गर्थिन् । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया