लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका केही ठाउँमा आज हुरीबत...
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डाै - ‘पलेँटी शृङ्खला’ मा संगीतकार शान्ति ठटालले धुन भरेको मुना-मदन प्रस्तुत भएको छ ।
नेपाली चलचित्रमा संगीत भर्ने प्रथम महिला संगीतकारको रुपमा चिनिने ठटालले कालिकास्थानमा रहेकाे नेपालयको ‘आर’शालामा प्रस्तुत गरेको मुना-मदनले प्रेक्षायलमा उपस्थित श्रोता, दर्शक भावुक बनेका थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना-मदनमा शान्ति ठटालले संगीत भरेकी थिइन् । उनकै अगुवाइमा गान्तोकमा यसको प्रदर्शन पनि भएको थियो ।
गीति-नाटककै स्वरुपमा प्रदर्शित भएको सो कृतिकाे धुनको अभिलेख भने थिएन । नेपालयको अनुरोधमा शान्ति ठटालले मुना-मदनका पुराना धुनलाई परिमार्जन गर्दै पलेँटी टीमका साथ प्रस्तुत गरेकी हुन् ।