कोपा अमेरिका : स्वारेजले पेनाल्टी चुकाउँदा उरुग्वे बाहिरियो, पेरु सेमिफाइनलमा

 असार १५, २०७६ आइतबार ७:४३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

पेरु कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । उरुग्वेलाई पेनाल्टीमा ५–४ ले हराउँदै पेरु सेमिफाइनलको यात्रा तय गर्न सफल भयो ।

लुइस स्वारेजको प्रहार पेरुका गोलकिपर पेद्रो गलेसेले बचाएपछि उरुग्वे निराश हुन पुग्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

पेनाल्टी सुटआउटको पहिलो सट प्रहार गर्दा लुइस स्वारेजको प्रहार विपक्षी गोलकिपरले बचाए । त्यसपछिका अरु प्रहार गोलमा परिणत भयो । उरुग्वेका लागि इडिन्सन कभानी, क्रिष्टियन स्टुआनी, रोद्रिगो बेन्टान्कर र लुकास टोरेइराले गोल गरेका थिए ।

पेरुका लागि पाओलो गुरेरो, मानुयल रुइडियाज, भिक्टर योटन, लुइस इड्भिनचुला र इडिन्सन फ्लोरेसले गोल गरेका थिए ।

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया