खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता भएको छ । यी दुई नेताबीच यो तेस्रो भेटवार्ता हो ।
उत्तर कोरिया र दक्षिण कोरियाको असैन्यकृत क्षेत्र (डीएमजेड) मा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले संक्षिप्त भेट गरेका हुन् ।
यो भेटपछि दुई देशबीच बढिरहेको तनाव कम हुनसक्ने बताइएको छ । ट्रम्पले यस अघि नै किमसँग भेट्न चाहेको बताएका थिए । ट्रम्पले भनेका थिए, ‘हामी उत्तर-दक्षिण कोरियाको असैन्यकृत सीमामा जाँदैछौँ र म त्यहाँ किम जोङसँग भेट गर्नेछु । हामीले राम्रो सम्बन्धको विकास गरेका छौँ ।’
आलोचकहरुले यी दुई नेताबीचको भेटलाई शुद्ध राजनीतिक नाटक मानेका छन् भने केहीले भविष्यमा भेटवार्ता गर्नको लागि बाटो खुलेको बताएका छन् ।
यस अघि गएको फेब्रुअरी महिनामा यी दुई नेताबीचको बैठक बिना कुनै सम्झौता र परमाणुमुक्त मुद्दामा वार्ता बिना नै सकिएको थियो ।
तेस्रो भेटवार्तापछि भने ट्रम्पले यो भेट निकै 'ऐतिहासिक' रहेकाे र दुई कोरियाको सीमामा पाइला राख्न पाउँदा 'गर्वकाे महसुस' गरेको बताएका थिए । त्यस्तै उत्तर कोरियाली नेता किमले यो भेटले ट्रम्प र आफूबीचको सम्बन्ध 'मजबुत' छ भन्ने प्रमाणित भएको प्रतिक्रिया दिएका छन् ।
उत्तर कोरियालाई विवादास्पद परमाणु हतियारको कार्यक्रम रोक्ने मनसायका साथ ट्रम्प र किमबीच पहिलो पटक सिंगापुरमा भेटवार्ता भएको थियो । पहिलो भेटबाट केही उपलब्धि हुन सकेन ।
गएको महिना भियतनामकाे हनोइमा गएको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा परमाणु कार्यक्रमले गति लिने अपेक्षा गरिएको थियो । तर दोस्रो बैठक पनि बिना कुनै सम्झौता सकिएको थियो ।
भरखरै मात्र अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले चिठी आदनप्रदान गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।