आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – उपत्यकाको फोहोर उठ्न अझै केही दिन लाग्ने भएको छ । नुवाकोट सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकन गर्नुपर्ने लगायत माग गर्दै आन्दोलन थालेपछि एक हप्तादेखि उपत्यकाको फोहोर उठाउन समस्या भएको छ ।
एक हप्तादेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध बढ्नुका साथै विभिन्न रोगको जोखिमसमेत बढेको छ । फोहर व्यवस्थापनबारे जनप्रतिनिधि र स्थानीय बासिन्दासँग छलफल गर्न प्रयास गरिरहे पनि स्थानीयबासिन्दा वार्तामा आउनै नचाहेकाले समस्या जटिल बन्दै गएको काठमाण्डौ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।
उहाँले गृह मन्त्रालय, शहरी विकास मन्त्रालय, विज्ञ र स्थानीयबासिन्दाको बैठक बस्नुपर्ने भएकाले अझै केही दिन लाग्ने बताउनुभयो । शनिबार वार्ताको प्रयास भए पनि सहमति नहुँदा स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो । सिसडोलमा फोहोर भरिँदै गएकोले नुवाकोटकै बञ्चरेडाँडामा फोहोर फाल्ने ठाउँ बनाउने भनेर काम थालिए पनि काम पूरा हुन सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।