संयुक्त राष्ट्रसंघको 'क्लाइमेट एक्सन समिट'को मन्त्रीस्तरीय तयारी बैठक आबुधाबीमा जारी

नेपालको प्रतिनिधित्व गर्दै मन्त्री बस्नेत बैठकमा सहभागी

 असार १६, २०७६ सोमबार ६:९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएई - संयुक्त राष्ट्रसंघको 'क्लाइमेट एक्सन समिट'को मन्त्रीस्तरीय तयारी बैठक आबुधाबीमा सुरु भएको छ । आउँदाे सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा हुने ‘यूएन क्लाइमेट एक्सन समिट–२०१९ को मन्त्रीस्तरीय तयारी बैठक आबुधाबीमा सुरु भएकाे हाे ।

आबुधाबीको इमिरेट्स प्यालेस होटलमा जारी तयारी बैठकमा नेपालबाट वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत सहभागी हुनु भएको छ । बैठकमा सहभागी हुन मन्त्री बस्नेत शनिबार यूएई आउनु भएको हो । 

आइतबार बिभिन्न देशका मन्त्रीहरु सहभागी अन्तरकृयामा मन्त्री बस्नेतले आफ्नो धारणा राख्नु भएको थियो । मन्त्री बस्नेतले विश्व वातावरणमा भएको परिवर्तन र त्यसले नेपाललाई पारेको असर तथा वातावरण परिवर्तनले ल्याएका नकारात्मक पक्षको न्युनीकरण गर्न नेपालले खेलेको भूमिका बारे बताउनुभएको थियो ।    

उहाँले वातावरणको संरक्षणका लागि नेपाल सरकारले गरिरहेका गतिबिधी बारे जानकारी दिँदै अन्य देशहरुले खेल्नुपर्ने भूमिका बारे सुझाब समेत दिनुभएको थियो ।

नेपालको तर्फबाट मन्त्री बस्नेत सहित मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका उपसचिव रामहरि पन्त तथा नेपाली दुतावास आबुधाबीकी द्वितीय सचिव बिष्णुकुमारी अधिकारी बैठकमा सहभागी हुनुभएको नेपाली दुतावास आबुधाबीले जनाएको छ ।

साेमबारसम्म चल्ने मन्त्रीस्तरीय तयारी बैठकले युएन 'क्लाइमेट एक्सन समिट'का लागि समाधानका उपाय सहित प्रतिबद्दता, कार्यन्वयन गर्नुपर्ने बिषयहरुको निर्क्यौल गर्ने छ । बैठक सोमबार सकिए लगत्तै मन्त्री बस्नेत सोमबार नै नेपाल फर्किने तालिका छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया