सांसदहरुलाई दिन लागेको ल्यापटपका बारेमा गलत प्रचार भयाे : सभामुख महरा

 असार १६, २०७६ सोमबार १२:५५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाइल तयार पारिएको छ । 

संघीय संसदका सम्माननीय तथा माननीय सदस्यहरुको भिडियो प्रोफाइल सोमबार सार्वजनिक भएको हो । ६१ औ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाईल सार्वजनिक गरिएकाे हाे ।

समारोहमा सभामुख कृष्णबहादुर महराले सरकारको सबै प्रणालीलाई पेपर लेस गरी डिजिटलाइज्ड बनाउने अभियान अन्तर्गत नै सांसदहरुको भिडियो प्रोफाइल तयार पारिएको बताउनुभयो । उहाँले सांसदहरुलाई सचिवालयले उपलब्ध गराउन लागेको ल्यापटपका बारेमा गलत प्रचार गर्न खोजिएको गुनासो गर्नुभयो ।

उहाँले मन्त्रीपरिषद् बैठकमा पेपर लेस गरी ल्यापटप प्रयोग गरिएजस्तै सांसदहरुलाई पनि संसदीय गतिविधिमा प्रयोग गर्ने गरी ल्यापटप दिन लागिएको स्पष्ट पार्नुभयो ।

यस्तै उपसभामुख शिबमाया तुम्बाहाङफेले संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाईल बनेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले इतिहास लेख्ने र इतिहास खोज्ने सबैका लागि महत्वपुर्ण दस्तावेजको रुपमा भिडियो प्रोफाइल रहेको बताउनुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नागरिकको आस्थाको केन्द्र संसद बाहेक अर्को होइन भन्ने प्रमाणित गर्न सक्नुपर्ने बताउनुभयो । नागरिकको जुनसुकै समस्या पनि संसदबाटै समाधान हुन्छ भन्ने प्रमाणित गर्न सकेमा संसदप्रति जनविश्वास बढ्ने र त्यो नै संसद दिवस मनाउनुको सफलता ठहर्ने तर्क उहाँले गर्नुभयो ।  

संघीय संसद सचिवालयले तयार पारेको सांसदहरुको भिडियो प्रोफाईल संसद दिवसको सन्दर्भ पारेर सार्वजनिक गरिएको हो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

2 Comments

  • dhama paudyal

    July 1, 2019, 1:39 p.m.

    त्यो प्रोफाइल र ६ करोड्वाला सांसद लाई ल्याप टप दिएपछी अब गाउका बिद्यार्थिले तार मा झुन्डिएर नदी तर्नु पर्दैन हो महरा जी । अनि सिटामोल नपाएर मर्ने बुढाबुढ अब मर्नु पर्दैन ? अनि डोकामा बोकेर स्वास्थ्य चौकी ल्याएको सुत्केरी बाटै मा मर्नु पर्दैन ?अब मेरो गाउका झाडापखाला लागेका बच्चा ले दस रुपै पर्ने त्यो नुन चिनिको प्याकेट किन्न नपाएर किन्न न सकेर मर्नु पर्दैन हो महरा जी ? अमेरिका र बेलायत का सांसद्ले त बैठक मा ल्याप टप मा काम गर्दैनन त ! नेपाल ती देश भन्दा बढी बिकासइत भएको हो ? की यो सबै उहि पशुपती शहरमा भने बमोजिम लुट्न सक्ने ले लुटेको हो ?

  •  0 Reply
  • GURURAJ BARUWAL

    July 1, 2019, 1:30 p.m.

    मेरो अनुभवमा, पेपर बिना मीटिङ्ग नै शम्भव छ जस्तो लाग्दैन!!

  •  0 Reply

तपाईको प्रतिक्रिया