आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – भ्रष्टाचारको मुद्दामा मुछिएका सशस्त्र प्रहरीका चार पूर्व महानिरीक्षकहरुलाई विशेष अदालतले सफाइ दिएको छ ।
सशस्त्र प्रहरीका पूर्व महानिरीक्षकहरु बासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र कोषराज वन्तलाई विशेष अदालतले सफाइ दिएको हो । विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, द्वारिकमान जोशी तथा प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासले सशस्त्र प्रहरीका चार पूर्व प्रमुखलाई सफाइ दिएको हो ।
सशस्त्र प्रहरीका विभिन्न युनिटमा सामान ढुवानी गर्दा नक्कली कम्पनी खडा गरी करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।