आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - प्रदेश ३ को सरकारले काठमाण्डौ उपत्यकाको सफाइका लागि धुलो उठाउने १२ ओटा ब्रुमर तत्काल उपलब्ध गराउने घोषणा गरेको छ ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाण्डौ उपत्यकालाई सफा सहरको रुपमा विकास गर्न केही समय भित्रै १२ वटा ब्रुमर उपलब्ध गराउने घोषणा गर्नु भएको हो । सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले काठमाण्डौ उपत्यकामा हुने सडकको भिडलाई उचित व्यवस्थापन गर्न १० वटा आकाशेपुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि बताउनुभयो ।
काठमाण्डौका नागरिकले प्रदेशको राजधानी कहाँ हुने भन्दै साेध्ने गरेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले उनीहरुको घरघरमा सरकारको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले काठमाण्डौ उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि ३० करोड रुपैयाँ हस्तान्तरण पनि गर्नु भएको थियो । सर्वसाधरणलाई सस्तोमा यातायात सेवा उपलब्ध गराउने उद्देश्यका साथ काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिकासँगको सहकार्यमा काठमाण्डौ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने कामलाई अघि बढाइएको पनि मुख्यमन्त्री पौडेलको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।