आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – बेलायत सरकारले विभेद गरेको भन्दै आन्दोलन गरिरहेको ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जुलाई १ देखि गर्ने भनेको आन्दोलनको कार्यक्रमहरु स्थगन गरेको छ ।
सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणमा समकक्षी टरिजा मेसँग पूर्व गोर्खाहरुको समस्याबारे संवाद गरेको र बेलायती पक्षले सकारात्मक रुपमा लिएको भन्दै आन्दोलनमा जाने निर्णय फिर्ता लिएको बताएको छ ।
पत्रकार सम्मेलनमा ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति नेपाल च्याप्टरका संयोजक लालबहादुर घिसिङ्गले प्रधानमन्त्री ओलीको बेलायत भ्रमणमा भएको द्विपक्षीय संवादलाई लिएर जुलाई १ बाट गर्ने भनिएको आन्दोलनको कार्यक्रम फिर्ता लिएको बताउनुभयो ।
ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिलाई बेलायत सरकारले पत्र लेखेर पठाएको हुँदा पनि तत्कालका लागि आन्दोलनका कार्यक्रमहरु फिर्ता लिइएको उहाँले जानकारी दिनुभयो । त्यस्तै संघर्ष समितिका नेपाल संयोजक घिसिङ्गले नेपाल सरकारलाई विगतमा झैँ पहलकदमी लिने समयमा झारा टार्ने काम नगर्न चेतावनी पनि दिनुभयो ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल सरकारलाई ब्रिटिश गोर्खाका पूर्व सैनिकहरुको सम्बन्धमा बेलायत सरकारसँग वार्ता गर्न निर्देशन दिएको छ । ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले समस्या समाधान गर्न उच्चस्तरीय वार्ता समिति गठन गर्न पनि माग गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।