विद्युत कार्यालयको उर्दी : मापदण्ड पूरा नगरी घर बनाए बिजुली दिन्नौँ

 असार १६, २०७६ सोमबार १९:११:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरण कुलेश्वर वितरण शाखाले तोकिएको मापण्ड पूरा नगरी भौतिक संरचना बनाएमा बिजुली नदिने भएको छ । 

कुलेश्वर शाखाले काठमाण्डौ महानगरपालिकालाई पत्र पठाएर विद्युत प्राधिकरणले तोकेको दूरी नछाडी भौतिक संरचना बनाएको पाइएमा बिजुली मिटर दिन बाध्य नहुने चेतावनी दिएको हो । 

नेपाल विद्युत प्राधिकरणको विद्युत वितरण नियमावली २०५९ को  विनियम १६ (५) मा भौतिक संरचना निर्माण गर्दा निश्तिच दूरी छाड्नुपर्ने उल्लेख छ । विनियमअनुसार २३०/४०० देखि ११ हजार भोल्टेज क्षमतासम्मको बिजुली चाहिने संरचना बनाउँदा घर र रुखबाट १ दशमलव ५ मिटर दूरी छाड्नुपर्छ । 

यस्तै ११ हजारदेखि ३३ हजार भोल्टेजसम्म बिजुली चाहिने संरचना बनाउँदा रुख या घरबाट २ मिटर दूरी छाड्नुपर्नेछ । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया