मोरक्को, आइभरी कोस्ट, अल्जेरिया र सेनेगल अफ्रिका कप अफ नेशन्सको प्रिक्वार्टरमा

 असार १७, २०७६ मंगलबार ८:३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

अफ्रिका कप अफ नेशन्स अन्तर्गत समूह डीबाट मोरक्को र आइभरी कोस्ट प्रिक्वार्टरफाइनलमा पुगेका छन् । तीन खेलमा जित हात पार्दै मोरक्को समूहको विजेता बन्यो भने आइभरी कोस्ट दुई जितका साथ उपविजेता बनेको छ । 

सोमबार राति भएको खेलमा मोरक्कोले दक्षिण अफ्रिकालाई १–० ले हरायो । मोरक्कोको जितमा एमबार्क बाउसोफाले ९०औं मिनेटमा गोल गरेका थिए । आइभरी कोस्टले नामिबियालाई ४–१ ले हरायो । आइभरी कोस्टको जितमा म्याक्स एलेन ग्राडेलले ३९औं मिनेटमा, सेरेस्सो डाईले ५८औं मिनेटमा, विल्फ्रेड जाहाले ८४औं मिनेटमा र म्याक्सवेल कोर्नेटले ८९औं मिनेटमा गोल गरेका थिए । नामिवियाका लागि कामातुकाले ७१औं मिनेटमा गोल गरेका थिए ।

समूह सीबाट अल्जेरिया र सेनेगल प्रिक्वार्टर फाइनलमा पुगे । सेनेगलले केन्यालाई ३–० ले हराउँदै समूहको उपविजेता बन्यो । सेनेगलको जितमा साडियो मानेले दुई गोल गरे । मानेले ७१औं र ७८औं मिनेटमा गोल गरेका थिए । त्यसअघि इस्माइला सारले ६३औं मिनेटमा गोल गरेका थिए ।

यस समूहबाट अल्जेरिया तीनै खेलमा जित निकाल्दै समूहको विजेता बन्यो । अन्तिम खेलमा अल्जेरियाले तान्जनियालाई ३–० ले हरायो । अल्जेरियाको जितमा एडम ओउनसले दुई गोल गरे । उनले खेलको ३९औं र पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए । त्यसअघि ३४औं मिनेटमा स्लाम स्लिमानीले गोल गर्दै अल्जेरियालाई अग्रता दिलाएका थिए ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया