आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विका...
मंसिर ११, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले थाइल्याण्डको एउटा गुफामा फसेका बालकहरुको फुटबल टिमलाई विश्वकपको फाइनल खेल हेर्न आमन्त्रण गरेका छन् ।
इन्फान्टिनोले विश्वकप फुटबल २०१८ को फाइनलभन्दा अगाडि नै बालकहरु र फुटबल प्रशिक्षकको उद्धार भैसक्ने आशा गर्दै निम्तो पठाएका हुन् । फिफा अध्यक्षले १५ जुलाईमा मस्कोमा हुने फाइनल खेलमा गुफामा फसेका ‘वाइल्ड बोअर्स’ टिमका खेलाडी उपस्थित हुने आशा व्यक्त गरेका छन् ।
थाइल्याण्ड फुटबल संघलाई लेखेको पत्रमा उनले भनेका छन्, ‘हामी आशावादी छौं कि उनीहरुले छिट्टै नै परिवारलाई भेट्ने छन् । यदि उनीहरुको स्वास्थ्य अवस्था अनुकुल भयो भने मलाई २०१८ को विश्वकप फाइनलमा उनीहरुलाई पाहुनाको रुपमा स्वागत गर्न पाउँदा निकै खुशी हुनेछ ।’ उनले अगाडि भनेका छन्, ‘मलाई आशा छ कि उनीहरु फाइनलमा हामीसँगै हुनेछन् । निःसन्देह यो एउटा उत्सव मनाउने अद्भूत क्षण हुनेछ ।’
थाइल्याण्डका ११ वर्षदेखि १६ वर्षका फुटबल खेलाडी र प्रशिक्षक २३ जुनदेखि एउटा गुफामा फसिरहेका छन् । बेपत्ता भएको नौ दिनपछि मात्रै गोताखोरहरुले बालक र प्रशिक्षक सुरक्षित भएको पत्ता लगाएका थिए । उद्धारकर्ताहरुले उनीहरुसँग गरेको कुराकानीको भिडियो नै सार्वजनिक गरेका थिए ।
विभिन्न देशबाट खटिएका उद्धारकर्ताहरु उनीहरुको उद्धारमा निरन्तर खटिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।