आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै
फागुन १७, २०८१ शनिबार
रसुवा – रसुवागढी नाका हुँदै १३ हजार पर्यटक नेपाल भित्रिएका छन् । यो २०१९ जनवरीदेखि जुन मसान्तसम्मको तथ्याङ्क हो ।
६ महिनामा १३ हजार ७० पर्यटक नेपाल आएका छन् । जसमा जनवरीमा ८ सय ४२, फेब्रुअरीमा ३ सय ४०, मार्चमा ६ सय ८५, अप्रिलमा १ हजार ४ सय ९१, मेमा ३ हजार ५ सय ३७ र जुनमा ६ हजार ७५ पर्यटक रसुवागढी नाका हुँदै नेपाल आएको रसुवागढी अध्यागमन कार्यालयको तथ्याङ्क छ ।
पछिल्लो समय रसुवागढी नाकाबाट चिनियाँ तथा अन्य देशका पर्यटक भित्रने तथा बाहिरिने क्रम बढेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि सन् २०१६ देखि चिनियाँ पर्यटक यो नाका हुँदै आउन थालेका थिए् ।
सडक मार्गबाट नेपाल भित्रने मध्ये ७० प्रतिशत चिनियाँ पर्यटकले ओगटेका अध्यागमन अधिकृत विष्णु घर्तीले बताउनुभयो । ‘यो नाकाबाट ५५ देशका पर्यटक आएका छन्, उहाँले भन्नुभयो, तीमध्ये सबैभन्दा बढी चिनियाँ पर्यटक छन् ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।