चौतर्फी विरोध भएपछि आइफा अवार्ड नेपालमा आयोजना गर्ने निर्णयबाट पछि हट्यो सरकार

 असार १८, २०७६ बुधबार १४:४२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) काठमाण्डाैमा नहुने भएको छ । चौतर्फी विरोध भएपछि नेपाल सरकारले आइफा अवार्ड काठमाण्डाैमा गर्नबाट पछि हटेको पर्यटन बोर्डले जनाएको हो ।

सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आइफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । यो अवार्ड कार्यक्रमका लागि काठमाण्डाै महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो ।

सरकार नै आयोजक भएको भन्दै आइफाको आलोचना भएपछि आइफा नेपालमा आयोजना गर्न रोक्न प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले मंगलबार निर्देशन दिएको थियो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया