बेनीघाट राेराङ गाउँपालिका वडा सदस्यमाथि गोली प्रहार

 असार १९, २०७६ बिहिबार १५:४०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ  – बेनीघाट रोराङ गाउँपालिका–८ का वडा सदस्य रामजी चेपाङमाथि बुधबार बेलुका गोली प्रहार भएको छ ।

गोली प्रहारबाट चेपाङको टाउकोमा गम्भीर चोट लागेको छ । चेपाङलाई काठमाण्डौस्थित नर्भिक अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको र चेपाङको अवस्था गम्भीर रहेको गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले बताउनुभयो । 

राप्ती नगरपालिका–१३, कान्दा चितवन स्थायी घर भएका इन्द्रकुमार चेपाङले गोली प्रहार गरेको नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष भिमबहादुर चेपाङले बताउनुभयो । 

३५ वर्षका इन्द्रबहादुर चेपाङले एक महिना पहिले कान्दामा २ विद्यार्थीलाई बलात्कार गरी फरार रहेको र १० दिनसम्म खोज्दा पनि फेला नपरेको, कान्दास्थित कुमार बलराम छात्रावासमा बस्ने व्यक्तिलाई मरणासन्न हुने गरी कुटपिट गरेको, गाउँमा त्रास, धम्की देखाउने र स्थानीलाई त्रसित बनाउने गरेको चेपाङ अगुवा तिलक चेपाङले बताउनुभयो । वैदेशिक रोजगारीबाट फर्किएका चेपाङको आपराधिक क्रियाकलाप बढ्दै गएको स्थानीयको गुनासो छ । ओडारमै बस्ने ओडारमै खाने चेपाङलाई प्रहरीले खोज तलासगर्दा उनी बस्ने ओढार पत्ता लागेको तर व्यक्ति फेला पार्न नसकेको प्रहरीले जनाएको छ । 

फरार अभियुक्तलाई खोजीकार्यका लागि इलाका प्रहरी कार्यालय गजुरी र जिल्ला प्रहरी कार्यालय धादिङको टोली परिचालित भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया