विदेश पठाइदिने भन्दै चार करोड रुपैयाँ ठगी गर्ने पक्राउ

 असार २०, २०७६ शुक्रबार १२:२५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेश पठाइदिने भन्दै चार करोड रुपैयाँभन्दा धेरै ठगी गरेको अभियोगमा वैदेशिक रोजगार ब्यवसायी छविलालकुमार राई प्रक्राउ परेका छन् । 

काठमाण्डौ सामाखुसीमा रहेको इगल हन्टर ओभरसिज सर्भिसेजका सञ्चालक राईले सिसेल्स र माल्टामा पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा धेरै बढी ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिसेल्समा जेलको गार्डमा काम लगाइदिने भन्दै उनले सयौँ युवाबाट लाखौँका दरले पैसा लिएको प्रहरीले बताएको छ । युवासँग पैसा लिएपनि विदेश नपठाएपछि उनीहरुले प्रहरीमा उजुरी गरेका थिए । 

यसअघि पनि पक्राउ परेका राईले बसुन्धारामा रहेको ईशान हस्पिटल पछाडि नाम नभएको कार्यालय खोलेर ठगी धन्दा चलाइरहेका बेला उनलाई पक्राउ गरी वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया