पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बे...
फागुन १७, २०८१ शनिबार
रसुवा – पासाङ ल्हामु राजमार्गको रसुवाखण्डमा सञ्चालन हुने सार्वजनिक यातायातको समस्याको समाधान गर्नका लागि यातायात व्यवसायी र विद्यार्थी संगठनबीच सहमति भएको छ ।
रसुवाखण्डमा सञ्चालन हुने पुराना गाडी हटाउने, भाडाको पुनरावलोकन गर्ने, आरक्षणको व्यवस्थापन गर्ने, सबै सवारी साधन दर्ता प्रक्रियामा लैजाने र अतिरिक्त सेवा शुल्कबापत रकम लिएअनुसार सेवालाई प्रभावकारी बनाउने सहमति भएको हो ।
जिल्लामा सञ्चालित सार्वजनिक यातायातको साधनको विषयमा विद्यार्थी संगठनले आन्दोलनको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले शुक्रबार बैठक राखेको हो । यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि व्यवसायी र विद्यार्थी संगठनले सहमति गरेका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।
विद्यार्थी संगठनको तर्फबाट अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघ तथा यातायात व्यवसायीको तर्फबाट टिमुरे यातायात, पासाङ ल्हामु यातायात र मिनि गोसाईकुण्डका व्यवसायीबीच छलफल भएको थियो ।
सार्वजनिक यातायातका साधनले अतिरिक्त सेवाको रूपमा शुल्क लिँदै आएकोमा यसको व्यवस्थापनको लागि १५ दिनको समय सीमा तोकिएको अनेरास्ववियू (क्रान्तिकारी) रसुवाका अध्यक्ष अर्जुन पौडेलले बताउनुभयो ।
व्यवसायीले १५ दिनभित्र यात्रुलाई सुविधाबापत पानी दिनुपर्ने, टिभी, पंखा, वाइफाई, एसीलगायतका सामग्रीको व्यवस्था गर्ने तथा बिग्रिएको भए मर्मत गर्नुपर्ने छ । असार २८ गतेसम्मका लागि आन्दोलनको कार्यक्रम स्थगित गरिएको नेपाल विद्यार्थी संघ रसुवाका कोषाध्यक्ष सन्दीप पौडेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।