पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बे...
फागुन १७, २०८१ शनिबार
चितवन – चितवन राष्ट्रिय निकुञ्जले जीप सफारी बन्द गर्ने भएको छ । बर्खा सुरु भएपछि निकुञ्ज कार्यालयले शनिबारदेखि जीप सफारी बन्द गर्ने निर्णय गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो ।
मध्यवर्ती सामुदायिक वन क्षेत्रमा भने जीप चल्ने उहाँले जानकारी दिनुभयो । जीपमा पर्यटक राखेर निकुञ्जको भित्री भाग घुमाउने गरिन्छ । शनिबारदेखि बन्द भएको जीप सफारी दशैं, तिहार लक्षित गरी असोज पहिलो हप्ताबाट खुल्ने उहाँले जानकारी दिनुभयो ।
बाटो हिलो, खाल्डाखुल्डी र घाँसका झाडी बढेकाले जीप चलाउन रोक लगाएको पनि ढकालले बताउनुभयो । गएको वर्ष असार १६ गतेबाटै जीप चलाउन रोक लगाए पनि यसपाली मनसुन ढिलो भएकाले एक हप्ता ढिलोगरी सफारी रोकिएको हो ।
निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट ७ ओटा जीप छिर्ने गर्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।