निजी आवास अनुदान सम्झौता आइतबारसम्म गर्न सकिने

 असार २१, २०७६ शनिबार १२:३४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – निजी आवास अनुदानका लागि अहिलेसम्म सम्झौता नगरेका लाभग्राहीले आइतबारसम्म सम्झौता गर्न सक्ने भएका छन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गर्न शनिबारसम्मको समय दिएको भए पनि आइतबारसम्म सम्झौता गर्न सकिनेगरी जिल्ला जिल्लामा परिपत्र गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो । 

प्राधिकरणले अब पनि अनुदानका लागि सम्झौता नगरे उनीहरुलाई सूचीबाटै हटाउने यसअघि नै निर्णय गरिसकेको छ । लाभग्राही सूचीमा रहेका प्रभावितले आइतबारसम्म अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिनुपर्नेछ । 

समयसीमा तोक्नुअघिसम्म झण्डै ६० हजार भूकम्प प्रभावितले सम्झौता गरेका थिएनन् । तर अहिले यो संख्या घटेर झण्डै ४८ हजारमा झरेको छ ।

तोकिएको समयसीमा आइतबार अन्तिम भएकाले त्यसपछि सम्झौता नहुने र लगत लिएर सम्झौता नगर्नेलाई सूचीबाट हटाउन आवश्यक प्रक्रिया सुरु हुने पनि सहप्रवक्ता घिमिरेले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया