लण्डनको रेल स्टेशनमा 'नेपाल भ्रमण वर्ष २०२०' का पोस्टर

 असार २१, २०७६ शनिबार १४:५०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्ल्याण्डमा आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता चलिरहेको छ । विश्वकप क्रिकेटको फाइनल खेल लर्ड्स मैदानमा हुँदैछ ।  

'नेपाल भ्रमण वर्ष २०२०' लाई प्रबर्द्धन र प्रचार गर्न लर्ड्स मैदानमा नेपालको पर्यटन झल्किने पोस्टर देखिने भएको छ । लर्ड्स मैदान जाने अन्डरग्राउन्ड रेल स्टेशनमा नेपाल भ्रमण वर्षका पोस्टर राखिएको छ । 

लण्डनको सेन्ट जोन उड अन्डरग्राउन्ड रेल स्टेशनमा 'नेपाल भ्रमण वर्ष २०२०' लाई लक्षित गरेर नेपालका साहसिक पर्यटकीय स्थल, धार्मिक स्थल र ऐतिहासिक संरचनाको फोटो राखिएको छ । 

विश्वकप क्रिकेटको फाइनल खेल लण्डनको लर्ड्स मैदानमा हुँदैछ । लर्ड्स मैदान जाने मुख्य स्टेशनमा पोस्टर राख्दा नेपाल भ्रमण वर्ष प्रभावकारी हुने नेपाल पर्यटन बोर्डले जनाएको छ ।  

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया