पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बे...
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – हिमाल आरोही माया शेर्पाले यूरोपको सर्वाधिक अग्लो हिमाल एलब्रुसको सफल आरोहण गर्नुभएकाे छ ।
आठ हजार मिटर माथिका अग्ला हिमाल आरोहण गर्ने प्रथम नेपाली महिला आरोही माया शेर्पाले शनिबार एलब्रुस हिमालको सफल आरोहण गर्नुभएकाे हाे । रसियाको पश्चिमी ककेसस पर्वत श्रृंखलामा रहेको ५ हजार ६ सय ४२ मिटर अग्लो एलब्रुस हिमाल रसिया र जर्जियाली सीमा नजिकै पर्दछ ।
आरोही शेर्पाले विश्वका अग्ला चौध वटा हिमाल आरोहण गर्ने अभियानका क्रममा नेपालको प्रतिनिधित्व गर्दै रसियामा रहेको एलब्रुस हिमाल आरोहणमा नेपालको राष्ट्रिय झण्डा र योहो टेलिभिजनको झण्डा एल ब्रुसको चुचुरोमा फहराउनुभएकाे थियाे ।
आरोही शेर्पालाई असार १२ गते एभरेष्ट ब्रोडकास्टिङ तथा योहो टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले योहो टेलिभिजनको लोगो अंकित झण्डा हस्तान्तरण गर्नुभएकाे थियाे । अध्यक्ष शेर्पाले टेलिभिजनको झण्डा एल ब्रुस हिमालमा फहराउन सफल भएकोमा आरोही माया शेर्पालाई धन्यवाद पनि दिनुभएकाे छ ।
आरोही माया शेर्पाले सन् २००७ यता ३ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा एक पटक कञ्चनजङ्घा हिमाल र सन् २०१४ मा पाकिस्तानमा रहेको दोस्रो अग्लो शिखर केटुको सफल आरोहण गरिसक्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।