एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका परिवर्तन (संशोधित तालिकासहित)

 असार २२, २०७६ आइतबार ९:४९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका परिवर्तन भएको छ । यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा आउँदो भदौ १ गतेदेखि ११ गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले सूचना निकालेर भदौ १ गतेदेखि परीक्षा हुने जनाएको हो । २०७५ साल चैत महिनामा भएको कक्षा १० को परीक्षामा नियमित समूहबाट परीक्षा दिएर सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धिको लागि परीक्षामा सहभागी हुन सक्नेछन् । तर दुई विषय भन्दा बढी विषयमा अनुपस्थित रहेका वा ग्रेड उल्लेख नभएका विद्यार्थी भने यो परीक्षामा सहभागी हुन नपाउने सूचनामा उल्लेख छ । 

ग्रेडवृद्धि परीक्षा फारम राष्ट्रिय परीक्षा बोर्डको वेभसाइट www.neb.gov.np वा १० कक्षाको परीक्षा नियन्त्रण कार्यालयको वेभसाइट www.see.gov.np बाट डाउनलोड गर्न सकिनेछ । फारम डाउनलोड गरेर साउन १० गतेभित्र पाँच सय रुपैयाँ राजश्वसहित विद्यालय मार्फत प्रवेश पत्र तथा ग्रेड सिटको प्रतिलिपीसहित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्नेछ । भदौ १ गतेदेखि हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । 


 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया