आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - पत्रकार होमकुमार कार्की (राजन) र मिनकुमार दाहालाई प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।
नेपाल पत्रकार महासंघले आइतबार विज्ञप्ति जारी गरी यस्ताे जनाएकाे हाे । प्रहरीकाे कुटपिटबाट घाइते भएका पत्रकार कार्की नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष र दाहाल पूर्व अध्यक्ष हुनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामशिंह लामा र प्रहरी जवान विकासशिंह स्याङतानले असार २१ गते शनिबार राति करिब ९ बजे अध्यक्ष कार्की र पूर्व अध्यक्ष दाहाललाई ज्यान मार्ने उदेश्यसहित कुटपिट गरेकाे विज्ञप्तिमा जनाइएकाे छ । आक्रमणबाट गम्भीर घाइते भइ बेहोस अवस्थामा काठमाण्डौ ल्याइएका कार्कीको हाल अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
विज्ञप्तिमा महासंघले पत्रकारद्वय कार्की र दाहालमाथिको आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्ने साथै घटनामा संलग्न दोषीमाथि हदैसम्मको कानूनी कारबाही गर्न, उपचार व्यवस्था मिलाउन, र भविष्यमा यस्तो घटना दोहोरिन नदिन, पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसंग जोडदार माग गरेकाे छ ।
साथै विज्ञप्तिमा असार २१ गते गोरखापत्र दैनिकमा कार्यरत पत्रकार शान्ति लामामाथि समाचार संकलनका क्रममा कीर्तिपुरकाे भत्केपाटीमा दुर्व्यवहार भएको घटनाप्रति पनि महासंघकाे गम्भीर ध्यानाकर्षण भएको जनाइएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।