गैँडा मृत भेटियो

 असार २३, २०७६ सोमबार ७:४६:३ | रासस
unn.prixa.net

फाइल तस्बिर

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा ‘स्वीप अप्रेशन’का क्रममा एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको तमासपुर क्षेत्रअन्तर्गत विनय खोलाको किनारमा गैँडा मृत भेटिएको हो ।  

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी तीन वर्षको भाले गैँडा मृत भेटिएको हो । परीक्षणका क्रममा भाले गैँडाको आक्रमणबाट उक्त गैँडा मरेको पाइएको छ । ढकालका अनुसार भालेको आक्रमणपछि मरेको गैँडालाई नदीले बगाएर तमासपुर क्षेत्र पुर्‍याएको हो । योसँगै निकुञ्ज क्षेत्रमा चालू आर्थिक वर्षमा ४१ गैँडा मरेका छन् । राष्ट्रिय वन क्षेत्रमा दुई गैँडा मरेका छन् । निकुञ्जमा असार १५ गतेदेखि स्वीप अप्रेशन सुरु भएको हो । 

निकुञ्जको अमलटारी क्षेत्रको खोरीया मुहान र गैँडा खासा क्षेत्रबाट अप्रेशन थालिएको हो । ढकालका अनुसार निकुञ्जमा अप्रेशन जारी छ । अप्रेशनका क्रममा सुनाचुरी क्षेत्रमा तामा काट्दै गरेका पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका सबै पिप्लेका रहेका छन् । चार स्थानमा क्याम्प खडा गरी काम भइरहेको छ । निकुञ्जलाई १० भागमा विभाजन गरी स्वीप थालिएको हो । निकुञ्जका कर्मचारी, नेपाली सेना र माउते यो अप्रेशनमा जुटेका छन् ।

वर्षातको समय चोरी शिकारका हिसाबले संवेदनशील मानिन्छ । वर्षात्तसँगै घाँस उम्रीएर झाडी बन्ने, बाढीका कारण गस्ति गर्न कठिन हुने, सडक र पुल भत्कने तथा हात्तीसम्म पुग्न कठिन हुन्छ । यही कारणले वर्सात अघि पुरै क्षेत्रमा स्वीप गरिएको हो ।

निकुञ्जमा ५३ स्थायी पोष्ट छन् । निकुञ्जमा पैदल, साइकल, हात्ती, डुङ्गा, कुकुर र गाडीमा गस्ती गरिँदै आएको छ । निकुञ्ज दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा र पाटे बाघका लागि प्रख्यात छ । गस्ती बढेसँगै दुई वर्ष यता शिकारीले गैँडा मार्न सकेका छैनन् । सशस्त्र द्वन्द्वका समयमा एकै वर्षमा ३६ गैँडा तस्करले मारेको तथ्याङ्क छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया