पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बे...
फागुन १७, २०८१ शनिबार
अछाम – करेन्ट लागेर अछाममा एक जनाको ज्यान गएको छ । कमलबजार नगरपालिका–६ वीरपथको डुप्के कुणेला भन्ने ठाउमा आइतबार साँझ स्थानीय नरजित जनालाका १८ वर्षीय छोरा विकाश जनालाको करेन्ट लागेर ज्यान गएको हो ।
रोपाइँ सकेर घर आउने क्रममा विद्युतको पोल नजिक गोरु ढलेपछि के भयो भनेर त्यहाँ गएका विकाश एक्कासी ढलेको घटनाका प्रत्यक्षदर्शी विकाशका काका धनबहादुर जनालाले बताउनुभयो ।
बिजेलीको पोल नजिक बगिरहेको पानीमा बिजुली प्रवाह भएको र विकाशलाई करेन्ट लागेको अनुमान गरिएको छ । करेन्ट लागेपछि आगोसमेत सल्केको र विकाशको दुबै खुट्टा जलेको धनबहादुरले बताउनुभयो । करेन्ट लागेर एउटा गोरु पनि मरेको छ ।
घटनाबारे जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बिजुलीको पोलमा राखिएको इन्सुलेटर भाँचिएर करेन्ट फैलिएको प्रहरीले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।