कारागारको शौचालयमा झुण्डिएको अवस्थामा भेटियो कैदीको शव

 असार २३, २०७६ सोमबार १०:१६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – जिल्ला कारागार शाखा खोटाङको शौचालयमा एक कैदी मृत फेला परेका छन् । कर्तव्य ज्यान मुद्धामा कैदी जीवन बिताइरहेका केपीलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राई कारागारको प्रयोगमा नआएको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

आइतबार साँझ पौने सात बजे समूहमा नदेखिएपछि खोजी गर्दा झुण्डिएको अवस्थामा फेला परेको कारागारका प्रमुख चित्राखर आचार्यले बताउनुभयो । 

श्रीमतीको हत्या अभियोगमा दोषी ठहर भएका राई २० वर्षका लागि कारागार चलान भएका थिए । कर्तव्य ज्यान मुद्धामा सर्वोच्च अदालत पुग्दा समेत दोषी सावित भएपछि उनी जेल पठाइएको जनाइएको छ । 
 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया