पप्पुले काम नगरेपछि पेश्की रकम फिर्ता

 असार २३, २०७६ सोमबार १५:५४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - बाँकेको कोहलपुरमा निर्माण सुरु भएको क्षेत्रीय कारागारको काम सन्तोषजनक नभएपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता गरिएको छ ।

तीन वर्षे ठेक्का सम्झौताको अवधि कात्तिक ४ गते सकिँदैछ । हालसम्म चार प्रतिशत मात्रै काम भएपछि मोबिलाजेसनबापतको सात करोड ६ लाख रुपैयाँ फिर्ता गरिएको शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना इकाई नेपालगञ्जले  जनाएको छ ।

बाँकेको नौवस्तामा कारागार निर्माणका लागि पप्पु–रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । तीन वर्षे सम्झौता यही कात्तिक ४ गते सकिँदैछ । तर सम्झौताको अवधि समाप्त हुने बेलासम्म ४ प्रतिशतमात्रै काम गरेपछि कार्यालयले मोबिलाइजेसनबापत उपलब्ध गराएको सात करोड ६ लाख रुपैयाँ फिर्ता ल्याएको कार्यालय प्रमुख सुवास बस्नेतले जानकारी दिनुभयो ।

५३ करोड कुल बजेट रहेकोमा पप्पु–रसुवा कन्स्ट्रक्सनले ३८ करोडमा ठेक्का सकार गरेको हो । क्षेत्रीय कारागारको क्षमता तीन हजारको रहेको छ । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया