राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक दुई वटा ट...
बैशाख १५, २०८१ शनिबार
स्पेनको शहर पामप्लोनामा वार्षिक रुपमा हुने 'सान फर्मिन' अर्थात् साँढे जुधाइको क्रममा तीन जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेहरुमा २३ वर्षीय र ४६ वर्षीय दुई अमेरिकी नागरिक र एक जना स्पेनकै नागरिक रहेका छन् । अन्य दुई जनालाई अस्पताल र केही मानिसहरुको टाउकोमा चोट लागेकाले अस्पताल पठाइएको छ । त्यस्तै ४८ जनालाई रेडक्रसले उपचार गरिरहेको छ ।
गएको जुलाई ६ देखि सुरु भएको 'सान फर्मिन' आउँदो आइतबारसम्म स्पेनको साँघुरो सडकमा आयोजना हुनेछ ।
यो पर्वमा घाइते हुनु सामान्य नै हो । सन् १९१० देखि सुरु भएको यो पर्वमा अहिलेसम्म १६ जनाले ज्यान गुमाइसकेका छन् । सन् २००९ मा ड्यानियल जिमेनो रोमियोपछि अन्यले ज्यान गुमाएका छैनन् ।
तर आइतबार ४६ वर्षीय अमेरिकी नागरिकको भने घाँटीको सर्जरी गर्नुपर्ने भएकाे छ ।
यो साँढे जुधाइ पर्वमा विश्वभरिबाट हजारौँका संख्यामा मानिसहरु उपस्थित हुने गरेका छन् ।
'सान फर्मिन' सँग पर्व र संस्कृति जोडिएको हुनाले पनि पटक-पटक पशु अधिकारकर्मीहरुको व्यापक विरोध भए पनि यो रोकिन गाह्रो छ । गएको शुक्रबार मात्रै पशु अधिकारकर्मीहरुले पामप्लोना सडकमा जनावरकाे आकृतिमा सुतेर विरोध जनाएका थिए ।