चार देशका लागि प्रस्तावित राजदूतकाे नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन

 असार २३, २०७६ सोमबार १९:२९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनका लागि प्रस्तावित राजदूत दावाफुटी शेर्पा तस्बिर - रासस

काठमाण्डाै - संसदीय सुनुवाइ विशेष समितिले सरकारले सिफारिस गरेका चार जना राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

संसदीय सुनुवाइ विशेष समितिको सोमबार बसेको बैठकले बंगलादेशका लागि प्रस्तावित राजदूत डा. वंशीधर मिश्र, अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाल, कतारका लागि प्रस्तावित राजदूत नारद भारद्वाज र स्पेनका लागि प्रस्तावित राजदूत दावाफुटी शेर्पाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

योग्यता, क्षमता र कार्ययोजना चित्तबुझ्दो भएकाले सरकारले सिफारिस गरेका राजदूतहरुको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

यसअघि समितिको बैठकमा प्रस्तावित राजदूतहरु मिश्र, दाहाल, भारद्वाज र शेर्पाले क्रमशः आफ्नो योग्यता, क्षमता र कार्ययोजना प्रस्तुत गर्दै नेपाललाई समृद्ध बनाउने गरी आफूहरुले कूटनीतिक गतिविधिलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

संसदीय समितिले अनुमोदन गरेका चार वटै देशका प्रस्तावित राजदूतहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया