नेपाली कांग्रेस र राजपाको विरोधका कारण प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि सर्‍यो

 असार २४, २०७६ मंगलबार १४:३६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी बुधबार १ बजेसम्मका लागि सारिएको छ । 

सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दे कांग्रेस र राजपाका सांसदले नाराबाजी गर्दे रोष्ट्रम घेरेपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । संघीय संसद सचिवालयले  सूचना टाँसेर बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले २५ गते बुधबार १ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।

सूचनामा भनिएको छ, 'आज मिति २०७६ साल असार २४ गते मंगलबार १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले अर्को बैठक २०७६ साल असार २५ गते बुधबारको दिन १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जनकारीको लागि यो सूचना प्रकाशित गरिउको छ ।'

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया