‘लोकतन्त्रको रक्षा गोली चलाएर नै हुने हो ? गृहमन्त्रीको अभिव्यक्ति व्यक्तिगत कि सरकारकै धारणा ?'

 असार २४, २०७६ मंगलबार १५:३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसदमा गृहमन्त्रीले दिएको स्पष्टीकरणप्रति आपत्ति जनाउनु भएको छ । 

गएको असार ५ गते सर्लाहीमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको ज्यान गएकोबारे कांग्रेसले प्रतिनिधि सभा बैठकमा कांग्रेसले सरकारको जवाफ मागेको थियो । पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै कांग्रेसले सरकारको जवाफ मागेको थियो ।

कांग्रेसले उठाएको प्रश्न दिँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति सुव्यवस्था कायम गर्न र लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा प्रहरीले गोली चलाउदा सर्लाही घटना भएको स्पष्टीकरण दिनुभएको थियो । उहाँले सर्लाहीमा विप्लव समूहले चन्दा आतंक मच्चाएको, जनप्रतिनिधिलाई धम्की दिएको र उनीहरुकै मागअनुसार शान्ति सुव्यवस्था, नागरिकको जिउधनको रक्षा गर्न सरकारले कदम चालेको बताउनु भएको थियो ।

गृहमन्त्रीको जवाफ  चित्तबुझ्दो नभएको भन्दै विपक्षी दलले छानबिनका लागि संसदीय समिति गठन गर्नु पर्ने माग गरेका छन् । 

गृहमन्त्रीको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कांग्रेस प्रवक्ता शर्माले ट्विटरमा प्रधानमन्त्रीलाई प्रश्न गर्नु भएको छ, ‘लोकतन्त्रको रक्षा गोली चलाएर नै हुने हो ? गृहमन्त्रीको अभिव्यक्ति व्यक्तिगत कि सरकारकै धारणा ?

प्रवक्ता शर्मा प्रश्न सोध्नुहुन्छ, ‘उसबेलाको ‘प्रजातन्त्र’ले गोली चलाएर नै आफ्नो रक्षा चाहेको भए थुप्रै हुरी,चट्याङ र बादलहरु बेपत्ताको लिस्टमा पुग्ने थिएनन् र ? सहादतको सूचीमा भलै हामी कैयौँको नाम हुन्थ्यो !’

गएको असार ५ गते सर्लाहीमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको ज्यान गएको थियो । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया