नेपालगञ्जमा पत्रकारहरुमाथि कुटपिट

 असार २५, २०७६ बुधबार १७:२५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - नेपालगञ्जमा क्रियाशील तीन जना पत्रकारलाई नेपालगञ्जको बाटिका होटलमा दुर्व्यहारसहित हातपात गरिएको छ ।

एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुख दुर्गा रोकाय, पत्रकार जागेश्वर चौधरी र भीम पौडेललाई बुधबार दिउँसो होटल परिसरमा कुटपिट गरिएको हो ।

होटलका कर्मचारीले कुटपिट गर्ने क्रममा एभिन्यूज टेलिभिजनको क्यामरा र पत्रकारहरुको मोबाइलसमेत क्षतिग्रस्त भएको छ । केही समय पहिले होटल बाटिकाबाट भारतीय सेनामा भर्ना गराइदिने भन्दै युवासँग रकम लिएको समूह ३५ लाख रुपैयाँसहित पक्राउ परेको थियो ।

त्यही समाचारको भिडियाे लिने क्रममा होटल बाहिर होटलका कर्मचारीहरुले  फुटेज डिलिट गर्न भन्दै पत्रकारहरुलाई हातपात र क्यामरा खोसेका थिए । उनीहरुले पत्रकार रोकायलाई कुटपिट गर्दै नियन्त्रणमा समेत राखेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले पत्रकारहरुलाई कुटपिट गर्ने होटलका कर्मचारी भुवनबहादुर खड्कासहित दुईजना पक्राउ गरिएको जानकारी दिनुभयो ।

यसैबीच बाँकेका पत्रकारहरुले एसपी वलीलाई भेटेर पत्रकारलाई कुटपिट गर्नेलाई कडा कारबाहीको माग गरेका छन् । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया