ट्रम्प र जेलेन्स्कीबीच मतभेद, रुससँग कुनै सम्झौता नहुने युक्रेन...
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – युवा ज्योतिषी हरिहर अधिकारी यतिबेला आफ्नो शरीर बनाइरहेका छन् । दैनिक जिम धाइरहेका हरिहर अहिले ज्योतिषीभन्दा आफ्नो फिट्नेसलाई प्राथमिकतामा राखेर अघि बढिरहेका छन् ।
पहिलो चलचित्र 'शुभ लभ' बाट दर्शकको मन जित्न असफल भएका हरिहरलाई धेरैले हिरो बन्न नसुहाएको प्रतिक्रिया दिएका थिए । त्यही कुरालाई ध्यानमा राख्दै हरिहर अहिले यतिबेला दैनिक जिम धाइरहेका छन् भने खाने कुरामा पनि उत्तिकै ध्यान दिइरहेका छन् ।
उनी नयाँ चलचित्रको तयारीका लागि आफ्नो शरीर बनाउन लागेको बताइएको छ । अधिकारीले शाहीद कपूर अभिनित बलिउड चलचित्र ‘कबीर सिंह’ को नेपाली रिमेकमा काम गर्न लागेको चर्चा छ ।
आधिकारिकरुपमा कपि राइट्स किनेर नेपाली रिमेकमा निर्माण गर्ने तयारी भैरहेको बताइन्छ । भद्रकाली पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्र अर्जुन रेड्डी सन् २०१७ मा बाहुबली २ पछि सर्वाधिक कमाइ गर्ने दक्षिण भारतीय चलचित्र बनेको थियो ।
त्यही चलचित्रबाट बलिउड चलचित्र कबीर सिंंह बनाइएको थियो । नेपाली रिमेकका लागि भद्रकाली पिक्चर्ससँग कपि राइट्स खरिद भैसकेको बताइएको छ ।
यता हरिहरले भने चलचित्रको अधिकारिक रिपोर्ट नआइसकेको बताएका छन् ।
‘अनौपचारिक रुपमा चलचित्रका विषयमा मसँग कुरा भएको हो तर औपचारिक रुपमा भने निर्माण टिमले मसँग कुरा गरेको छैन,’ हरिहरले भने कबीर सिंहले शाहिदको क्रेज मात्र उठेन पारिश्रमिक पनि बढेर ३५ करोड पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
'शुभ लभ' बाट अपेक्षा गरिएको सफलता हासिल गर्न असफल भएका हरिहरको क्रेजलाई यो चलचित्रले माथि उकास्ने आशा गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अबिरोध कोइराला
July 10, 2019, 7:15 p.m.पहिलो चलचित्र 'शुभ लभ' बाट दर्शकको मन जित्न असफल भएका हरिहरलाई धेरैले हिरो बन्न नसुहाएको प्रतिक्रिया दिएका थिए । सबै भन्दा मन परेको लाइन