आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण रोक्ने मन्त्रिपरिषदको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षण रोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने आदेश दिएको हो । विषादी परीक्षण रोक्ने सरकारको निर्णयविरुद्ध मंगलबार अधिवक्ता स्वागत नेपाल, उपभोक्ता अधिकारवादी ज्योति बानियाँले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।
बुधबारको पेशीमा अधिवक्ताहरु स्वागत नेपाल, नारायण प्रसाद दुवाडी, विकास भट्टराई, पुनम झा, शुभराज शिल्पकार, चन्द्रकुमारी चौलागाईँ, पदमबहादुर श्रेष्ठ र निदेशराज सत्याल लगायतले बहस गर्नु भएको थियो ।
सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि यही ३० गते डाकेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।