‘लू’ काे जाेमिखसँग लड्न सरकारसँग रणनीति छैन, पूर्वतयारीकाे ...
बैशाख ११, २०८१ मंगलबार
मोरङ –मोरङको रंगेलीमा गेउरिया खोलाले डाइभर्सन बगाएको छ । अविरल वर्षाको कारण बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन बन्द भएको छ । बिहीबार साँझ डाइभर्सनसँगै मोटरसाइकलमा रहेका एक व्यक्तिलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खोलाले बगाएर बेपत्ता भएका व्यक्तिको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । बेपत्ता भएका ब्यक्तिको पहिचान भएको छैन ।
लगातारको वर्षाका कारण सिँगिया र बक्राहा खोला आसपासको सुकुम्बासी बस्तीका १ सय ५० भन्दा बढी मानिस विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै विराटनगरको दक्षिणी भाग रानी आसपासको क्षेत्र पनि डुबानमा परेको छ ।