वर्षाका कारण भोजपुरमा दुई जनाको मृत्यु

 असार २७, २०७६ शुक्रबार १३:३९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर – अविरल वर्षाले भोजपुरमा दुई जनाको ज्यान गएको छ । वर्षाको कारण घर भत्किँदा र चर्पी बगाउँदा दुई जनाको ज्यान गएको हो ।

पहिरोले चर्पी बगाउँदा चर्पीसँगै टेम्केमैयुम गाउँपालिका–९ लेखर्कका जनक विकको ज्यान गएको हो भने रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगतबहादुर राईको घरको चुलि ग्राह्रो भत्किएर ज्यान गएको हो ।

घरको पिँढीमा सुतिरहेका अवस्थामा ६६ वर्षिय जगतबहादुर राईको फुसको छानोले बनेको एक तले घरको चुली गाह्रो भत्किएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव राजवंशीले जानकारी दिनुभयो । 

घरका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु सुरक्षित रहेको प्रहरी निरिक्षक राजवंशीले बताउनुभयो ।

अन्तिम अपडेट: असार ३०, २०७६

तपाईको प्रतिक्रिया