बाढीले बगाएर ल्याएकाे दाउरा निकाल्न खाेज्दा ११ वर्षीय बालककाे ज्यान गयाे

 असार २७, २०७६ शुक्रबार १९:४६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – पर्सागढी नगरपालिका-१ का ११ वर्षीय निखिल पटेलको खोलामा डुबेर ज्यान गएको छ । 

शुक्रबार बिहान पर्सागढी नगरपालिकाको सिङ्गीयाही खोलामा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा पटेलकाे खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अन्नतराम शर्माले जानकारी दिनुभयो । 

खोलामा डुबेका पटेललाई उपचारको लागि वीरगञ्जको गण्डक अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषित गरेका थिए । उनको शव पोष्टमर्टमको लागि नारायणी अस्पतालमा वीरगञ्जमा लगिएको बताइएकाे छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया