पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बे...
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – काठमाण्डौको मूलपानीमा घरको पर्खाल भत्किँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
मूलपानीको बाबाचोकको नजिक पर्खाल भत्किँदा एक गर्भवतीसहित ३ जनाको ज्यान गएको छ । पर्खाल भत्किएर घाइते भएका उनीहरुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाराका देवताल गाउँपालिका ५ घर भई अहिले कागेश्वरी मनोहरा–६, मूलपानी बस्ने ३५ वर्षीया शर्मिला यादव, गर्भवती ३० वर्षीया नितु यादव र १३ वर्षीय कुन्दन यादवको ज्यान गएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।