च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डौ – लगातारको झरीका कारण काठमाण्डौको कलंकीका विभिन्न क्षेत्र डुबानमा परेको छ ।
कलंकी, खसी बजार, मैत्रीनगर र मदननगरका धेरै घर डुबानमा परेका छन् । भाटभटेनी सुपरमार्केटको आसपासमा रहेका घरमा बाढीका कारण फसेका स्थानीयलाई प्रहरीले उद्धार गरेको छ ।
यस्तै महानगरीय प्रहरी प्रभाग र मालपोत कार्यालय पनि डुबानमा परेको छ । त्यस आसपासका धेरैजसो घरको पहिलो तला डुबानमा परेको प्रहरीले जनाएको छ ।
बाग्मती नदीमा खाएको बाढीले कीर्तिपुरमा पनि केही घर डुबानमा परेको छ । थानकोटको त्रिवेणाीचोक, दहचोकको नमुना बस्ती, नैकाप, विष्णुमती, तीनकुनेका केही घर पनि डुबानमा परेका छन् ।