धनुषाकाे औरही खोलाको निर्माणाधीन पुल भत्कियो

 असार २८, २०७६ शनिबार १४:४४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - धनुषाको सखुवा महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलामा निर्माणाधीन पुल भत्किएको छ ।

अविरल वर्षासँगै आएको बाढीले निर्माणाधीन पुल शुक्रबार राति भत्काएको स्थानीय अजयकुमार राउतले जानकारी दिनुभयो । गुणस्तरहीन सामग्रीको प्रयोग गरेकाले पुल भत्केको स्थायनीहरुको भनाइ छ ।

पुलको झण्डै ६ वर्षअघि वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले शिलान्यास गर्नुभएको थियो । रोशन कन्स्ट्रक्सनले निर्माणकाे जिम्मा पाएकाे पुल झण्डै ६ वर्षदेखि अधुरो अवस्थामा थियो । 

 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया