सप्तकोशी नदीमा ठूलो बाढी, आइतबारसम्म उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

 असार २८, २०७६ शनिबार ९:५४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सप्तकोशी नदीमा ठूलो बाढी आएको छ ।

सप्तकोशी नदीको पानीको सतहले खतरा तह पार गरेकाले सप्तरीको हनुमाननगर र सप्तकोशी नगरपालिका तथा सुनसरीको कोशी गाउँपालिकासहित चतरादेखि भारत सीमासम्मको सबै क्षेत्रका नागरिकलाई आइतबारसम्म नै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपील गरेको छ ।

महाशाखाले त्यहाँका स्थानीयलाई मोबाइलमा सुरक्षित ठाउँमा जान अनुरोधसहितको सन्देश पनि पठाइसकेको छ । महाशाखाले कोशीको तटबन्ध र ब्यारेज नियमित अनुगमन गर्न स्थानीय प्रशासनलाई आग्रह पनि गरेको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया